थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप नौं जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार मकवनापुरका ५४ वर्षीय महिला, भक्तपुरका ४२ वर्षीय महिला, सप्तरीका ३५ वर्षीय पुरुष र बाराका २२ देखि ४५ वर्ष उमेर समूहका ६ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र किटजन्य अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम