थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप नौं जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार मकवनापुरका ५४ वर्षीय महिला, भक्तपुरका ४२ वर्षीय महिला, सप्तरीका ३५ वर्षीय पुरुष र बाराका २२ देखि ४५ वर्ष उमेर समूहका ६ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र किटजन्य अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !