बैतडीमा प्रहरी हिरासतमा रहेका व्यक्तिमा कोरोना
शेर भण्डारी\ डडेल्धुरा : शुक्रबार बैतडीका एकजनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैतडीका एक जनामा कोरोना संक्रमण भएको जनाएको हो । मन्त्रालयले संक्रमण भएको भनेका व्यक्ति जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ बर्षीय पुरुष भएको पुष्टि भएको हो ।
शिवनाथ गाउँपालिका -२ का ती पुरुष गत चैत ६ गते भारतको नयाँ दिल्लीबाट स्वदेश आएको बताइएको छ । शिवनाथ गाउँपालिका -४ की १९ बर्षीया किशोरीको मृत्यु प्रकरणमा पक्राउ परेका युवामा कोरोना पुष्टि भएको हो ।
ती युवकको धनगढीमा थ्रोट स्वाब परीक्षणपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि यतिबेला जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ ।
संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको छ । यस्तै कन्ट्याक्ट ट्रेसिङको काम समेत शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो