बाँकेका २१ जना संक्रमित कोरोना जितेर घर फर्किए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेका पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित २१ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
कोरोना संक्रमण भएपछि उनीहरुलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसनमा राखिएको थियो । उनीहरुको दुईवटा पीसीआर रिपोर्ट लगातार नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो । हालसम्म बाँकेमा मात्रै १०१ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ७० पुगेको छ । कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरुलाई एक साता अनिवार्य होम क्वारेन्टाइनमा बस्न भनिएको अस्पतालले जनाएको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो