Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बाँकेका दुई संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी

बाँकेका दुई संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेमा कोरोना संक्रमण पुष्टि भएका दुई मध्ये एक जना स्वास्थ्यकर्मी भएको खुलेको छ । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले आज कोरोना पुष्टि भएका मध्ये एक जना महिला स्वास्थ्यकर्मी भएको बताए ।

उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ । आज घरमै आइसोलेसनमा बस्न भनेका छौं, भोलि उहाँलाई खजुरास्थित  शुसिल कोइराला क्यान्सर अस्पतालको आइसोलेसनमा पठाउँछौं ।’

४२ वर्षकी उनी बाँकेको खजुरा गाउँपालिका- ३ की बासिन्दा हुन्। कोरोना रोकथाम तथा नियन्त्रणमा फ्रन्टलाइनमा खटिएकी उनमा बिहिबार भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरु संक्रमणको उच्च जोखिममा रहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार