बाँके र कपिलवस्तुमा थप तीन जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै थप तीन जनामा कोरोना भएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार भेरी अस्पतालको प्रयोगशालामा र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बाँके नरैनापुरका ३२ वर्षीय पुरुष, खजुरा -३ की ४२ वर्षीय महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ वर्षीय युवकमा कोरोना पोजेटिभ पाइएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ४५७ पुगेको छ ।
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना