टेकु अस्पतालमा उपचाररत ४ जना संक्रमित कोरोना जितेर घर फर्किए
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा आज ४ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित डिस्चार्ज भएर घर गएका हुन्।
उनीहरु चारैजनाको पछिल्ला दुईवटा रिपोर्ट लगातार नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो । मन्त्रालयका अनुसार डिस्चार्ज हुनेमा २३ र २५ वर्षका महिला र २७ र ३७ वर्षका पुरुष रहेका छन्।
उनीहरु चारैजना नवौं दिनमा अस्पतालबाट डिस्चार्ज भएको बताइएको छ । नेपालमा हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४९ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै