थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङ मार्फत बिहिबार थप ९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार रुपन्देहीका १ र झापाका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको उमेर १७ देखि ५५ वर्ष सम्म रहेको छ । मन्त्रालयका अनुसार उनीहरु सबै क्वारेन्टाइनमा रहेका थिए । योसँगै नेपालमा संक्रमितको संख्या ४५३ पुगको छ भने हालसम्म कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भइसकेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम