थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङ मार्फत बिहिबार थप ९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार रुपन्देहीका १ र झापाका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको उमेर १७ देखि ५५ वर्ष सम्म रहेको छ । मन्त्रालयका अनुसार उनीहरु सबै क्वारेन्टाइनमा रहेका थिए । योसँगै नेपालमा संक्रमितको संख्या ४५३ पुगको छ भने हालसम्म कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै