थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा बिहिबार बिहानै १७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा, सुनसरी र धनकुटामा १७ जनामा कोरोना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको छ । मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल विराटनगरमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएकाहरु झापामा कचनकवलका १५ जना, धनकुटाका १ जना र सुनसरीका १ जना रहेका छन्।
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्।
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र