स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ ‘अफिस क्वारेन्टाइनमा’
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य सेवा विभागका चिकित्सकमा मंगलबार कोरोना संक्रमण देखिएपछि महानिर्देशकसहित १५ जना कर्मचारी क्वारेन्टाइनमा बसेका छन्।
महानिर्देशक महेन्द्र श्रेष्ठले विभागमै कार्यरत चिकित्सकमा कोरोनो पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएका अन्य स्टाफहरुलाई विभाग परिसरमा बनाइएको क्वारेन्टाइनमा राखेको बताए । उनले भने, ‘म आफै पनि आजदेखि अफिसमै बस्न थालेको छु ।’ श्रेष्ठले संक्रमित व्यक्तिको सम्पर्कमा आएको एक सातापछि मात्र लक्षणहरु देखिन सक्ने भएकाले एक सातापछि पीसीआर परीक्षण गरेर रिपोर्ट आएपछि मात्र घर जाने बताए ।
उनले रुपन्देही र कपिलवस्तुमा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा गएका संक्रमित चिकित्सक उताबाट आएपछि क्वारेन्टाइनमा जानुपर्नेमा केही भाको छैन भन्दै बेवास्ता गर्दा सबैलाई जोखिम भएको बताए । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने र खटाउने विभागकै कर्मचारीमा संक्रमण देखिएपछि यतिबेला विभागमा आउने सेवाग्राहीलाई प्रवेशमा कडाइ गरिएको छ । श्रेष्ठले कोरोनाको जोखिम बढेकाले अत्यावश्यक परेमा मात्र कार्यालय भित्र प्रवेश गर्न पाइने बनाएको बताए ।
यसैगरी महानिर्देशक श्रेष्ठले स्वास्थ्यकर्मीमा संक्रमण बढ्ने क्रम जारी भएकाले उनीहरुलाई होटलमा लगेर राख्ने विषयमा पनि छलफल भइसकेको बताए ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै
डा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग