कोरोना ‘हटस्पट’ बनेको नरैनापुरमा फेरी थपिए ५ जना संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं : बाँकेको नरैनापुर कोरोनाको लागि हटस्पट नै बनेको छ । बुधबार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ जना नरैनापुरका रहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमित हुनेमा बाँके नरैनापुरका ५ जना र खजुरा -५ का एक २७ वर्षीय युवक रहेका छन्। नरैनापुरमा यसअघि नै ८ र ५९ गरी ६७ जनामा कोरोना संक्रमण देखिएको थियो । यसैगरी कोरोना कै कारण नरैनापुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवककोे आइतबार ज्यान गएको थियो ।
सोही स्थानमा संक्रमित थपिरहँदा सोमबार कोरोना पुष्टि भएकाहरुलाई नै स्थानीय सरकारले आइसोलेसनको व्यवस्था गर्न सकेको छैन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै