थप २५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज फेरी २५ जना संक्रमित थपिएका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मनन्त्रालयका अनुसार ३ वर्षदखि ४८ वर्षसम्मका २५ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आजै बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तका १३ जना र नवलपरासीमा १ जनामा कोरोना पोजेटिभ देखिएको बताए ।
आज पुष्टि भएका संक्रमित विभिन्न स्थानमा क्वोन्टाइनमा रहेका भएको बताइएको छ । उनका अनुसार हालसम्म ४५ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या २ रहेको छ ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै
डा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग