थप २५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज फेरी २५ जना संक्रमित थपिएका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मनन्त्रालयका अनुसार ३ वर्षदखि ४८ वर्षसम्मका २५ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आजै बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तका १३ जना र नवलपरासीमा १ जनामा कोरोना पोजेटिभ देखिएको बताए ।
आज पुष्टि भएका संक्रमित विभिन्न स्थानमा क्वोन्टाइनमा रहेका भएको बताइएको छ । उनका अनुसार हालसम्म ४५ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या २ रहेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम