क्रिमसन अस्पतालले भन्यो, संक्रमित व्यक्तिको मृत्यु भएको छैन्, हल्लाको पछि नलागौँ
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको भनिएका गुल्मी मदानेका एक युवकको मृत्यु नभएको पुष्टि भएको छ । रुपन्देहीको तिलोत्तमास्थित क्रिमशन अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै ती युवकको मृत्यु नभएको पुष्टि गरेको छ ।
अहिले सञ्चारमाध्यम एवं सामाजिक संजालमा नेपालमा तेस्रो संक्रमित व्यक्तिको मृत्यु भएको भन्दै समाचार सार्वजनिक भइरहेकोप्रति आपत्ति जनाउँदै अस्पतालले ती युवकको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र मृत्यु भएको समाचार गलत भएको जनाएको छ । अस्पतालले उनको अवस्था स्थिर रहेको र भेन्टिलेटरको सहयोगमा आइसीयूमा उपचार भइरहेको जनाएको छ ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै
डा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग