भारतमा २५ लाख १२ हजार बढीको कोरोना परीक्षण, एक लाख बढी संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतमा हालसम्म २५ लाख १२ हजार बढीको कोरोना परीक्षण गरिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २५ लाख १२ हजार ३८८ जनाको कोरोना परीक्षण गरिएको छ । यसैगरी त्यहाँ संक्रमितको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । गत २४ घण्टामा मात्रै भारतमा ५ हजार ६११ जना नयाँ संक्रमित थपिएका छन्। यो संख्या एकैदिन देखिएको भारतमा अहिलेसम्मकै धेरै हो ।
हालसम्म भारतमा १ लाख ६ हजार ७५० जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी मृत्यु हुनेको संख्या ३ हजार ३ सय तीन रहेको बताइएको छ । ४२ हजार २ सय ९८ जना कोरोनाको उपचारपछि निको भएर घर फर्के छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै