नेपालमा कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ।
गुल्मी मदाने निवासी कोरोना संक्रमित पुरुषको बिहिबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। सोमबार मात्र कोरोना संक्रमण पुष्टि भएका उनको यसअघि देखि नै बिरामी भएर रूपन्देहीकाे क्रिमसन अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनको आज बिहान ७ बजे मृत्यु भएको हो।
यसअघि सिन्धुपाल्चाेककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय युवकले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन्।
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र