नेपालमा कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ।
गुल्मी मदाने निवासी कोरोना संक्रमित पुरुषको बिहिबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। सोमबार मात्र कोरोना संक्रमण पुष्टि भएका उनको यसअघि देखि नै बिरामी भएर रूपन्देहीकाे क्रिमसन अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनको आज बिहान ७ बजे मृत्यु भएको हो।
यसअघि सिन्धुपाल्चाेककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय युवकले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन्।






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम