धनकुटाका थप ५ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा धनकुटाका ५ जनामा कोरोनो पोजेटिभ देखिएको हो ।
धनकुटाकी एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको परीक्षण गर्ने क्रममा ५ जनामा संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ । सोमबार मात्रै संक्रमित स्वास्थ्यर्मीको सम्पर्कमा आएका ८५ जनाको स्वाब संकलन गरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । ती मध्ये केहीको रिपोर्ट अझै आउन बाँकी छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ४०७ पुगेको छ । यद्यपी स्वास्थ्य मन्त्रालयले थप ५ जनाको विवरण औपचारिक रुपमा सार्वजनिक गरेको छैन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम