धनकुटाका थप ५ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा धनकुटाका ५ जनामा कोरोनो पोजेटिभ देखिएको हो ।
धनकुटाकी एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको परीक्षण गर्ने क्रममा ५ जनामा संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ । सोमबार मात्रै संक्रमित स्वास्थ्यर्मीको सम्पर्कमा आएका ८५ जनाको स्वाब संकलन गरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । ती मध्ये केहीको रिपोर्ट अझै आउन बाँकी छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ४०७ पुगेको छ । यद्यपी स्वास्थ्य मन्त्रालयले थप ५ जनाको विवरण औपचारिक रुपमा सार्वजनिक गरेको छैन्।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै
डा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग