सेती अस्पतालको आईसोलेसनमा भर्ना भएका ५ जनाको रिपोर्ट नेगेटिभ
हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कैलालीका ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो। आईतबार कोरोना आशंकामा कैलालीका पाँच जना सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका थिए। उनीहरु मध्ये गौरीगंगा नगरपालिकाका २९ वर्षीय पुरुषमा आरडीटी टेस्ट गर्दा एन्टीबडी पोजेटिभ देखाएको थियो।
कोरोना जस्तै लक्षण देखाएपछि आईतबार नै कैलालीको कैलारी गाउँपालिका–१ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उप–महानगरपालिका–५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती र धनगढी उप महानगरपालिका–१३ का ३० वर्षीय पुरुष आइसोलेसनमा भर्ना भएका थिए।
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र