सेती अस्पतालको आईसोलेसनमा भर्ना भएका ५ जनाको रिपोर्ट नेगेटिभ
हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कैलालीका ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो। आईतबार कोरोना आशंकामा कैलालीका पाँच जना सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका थिए। उनीहरु मध्ये गौरीगंगा नगरपालिकाका २९ वर्षीय पुरुषमा आरडीटी टेस्ट गर्दा एन्टीबडी पोजेटिभ देखाएको थियो।
कोरोना जस्तै लक्षण देखाएपछि आईतबार नै कैलालीको कैलारी गाउँपालिका–१ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उप–महानगरपालिका–५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती र धनगढी उप महानगरपालिका–१३ का ३० वर्षीय पुरुष आइसोलेसनमा भर्ना भएका थिए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम