Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना नियन्त्रणमा खटिएका चिकित्सकमा नै संक्रमण देखियो

कोरोना  नियन्त्रणमा खटिएका चिकित्सकमा नै संक्रमण देखियो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलोपटक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा स्वास्थ्य सेवा विभागमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण देखिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि काजमा राखिएका एक चिकित्सकमा कोरोनो पोजेटिभ देखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले पुष्टि गरे । उनले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रणकै लागि हामीले खटाएका एक चिकित्सकमा कोरोना देखिएको हो । उनी हालसालै कपिलवस्तु र रुपन्देहीमा कन्ट्याक्ट ट्रेसिङमा गएर आएका थिए ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज काठमाडौं उपत्यकामा ५ जनामा कोरोना पुष्टि भएको बताएका थिए । ती ५ मध्ये ललितपुर निवासी चिकित्सक रहेको पाइएको छ। उनी नेपालमा कोरोना संक्रमण हुने पहिलो चिकित्सक हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार