अबदेखि जोकोहीले पनि स्वेच्छाले कोरोना परीक्षण गर्न पाउने
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले अबदेखि आफ्नो इच्छाले जुनसुकै व्यक्तिले कोरोना परीक्षण गर्न पाउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अबदेखि व्यक्तिलाई केही शंका लाग्यो भने वा कुनै लक्षण नै नदेखिए पनि आफनो अनुसार कोरोना परीक्षण गर्न पाउने भएको बताएका हुन्।
उनका अनुसार त्यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्ड पूरा गरेको संस्था हुनुपर्नेछ। उनले भने, ‘अबदेखि कसैलाई आफूमा कोरोना छ वा छैन् भन्ने परीक्षण गरेर ढुक्क हुन मन लाग्यो भने तोकिएको स्वास्थ्य संस्थामार्फत सेवा लिन सकिने छ ।’
उनका अनुसार यस्ता संस्थाले अनिवार्य व्यक्तिको गोपनियता कायम राख्नुपर्ने र रिपोर्टको अभिलेख राख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई नियमित रिपोर्टिङ गर्ने शर्तमा स्वदेशी तथा विदेशी नागरिकले तोकिएको दररेटमा पीसीआर र आरडीटी दुबै विधिबाट परीक्षण गर्न पाइनेछ । यसअघि सरकारले तोकेको मापदण्डभित्र परेकाले मात्र कोरोना परीक्षण गर्न पाउने थिए । आफूले चाहेर मात्र कोरोना परीक्षण हुँदैनथ्यो । सो मापदण्डभित्र परेको हुनुपर्ने थियो ।
सेवा दिने संस्थाले यसको परीक्षण शुल्क भने सरकारको मापदण्ड भित्र रही निर्धारण गर्न सक्नेछन्।
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र