आजै थपिए २७ जना संक्रमित, संक्रमितको संख्या ४०२ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै विभिन्न जिल्लामा गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ ।
मन्त्रालयका अनुसार झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाहीका २, काठमाडौंका ३, ललितपुरका १, भक्तपुरका १, मकवानपुरका १, रामेछापका १, सिन्धुलीका १, नवलपरासीका १, लमजुङका १ र कपिलवस्तुका ४ गरी २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरुमध्ये २४ जना पुरुष र ३ जना महिला रहेको बताइएको छ ।
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र