नरैनापुरका संक्रमित आइसोलेसनमा जान मानेनन्
घर जान पाउनुपर्ने माग
हेल्थ टिभी अनलाइन\ काठमाडौं: बाँकेको नरैनापुरमा सोमबार पुष्टि भएका ५९ जना संक्रमित संक्रमण पुष्टि भएको २४ घण्टा बित्न लाग्दा पनि क्वारेन्टाइनमै रहेका छन्।
संक्रमित आफै आइसोलेसनमा जान नमानेपछि अन्यौल भएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले बताए । उनले भने, ‘आइसोलेसनको वारेमा छलफल भइहरेको छ तर मुख्य कुरा संक्रमित नै आइसोलेसनमा जान नमानेपछि समस्या भएको हो । उनीहरुले घर जान पाउनुपर्ने माग गरिहेका छन्।’ उनका अनुसार ३५ जना संक्रमितलाई नेपालगंजको कोहलपुरस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने निर्णय भएर एम्बुलेन्स लिन जाँदा पनि संक्रमित आउन मानिरहेका छैनन्।
आज बिहान मात्रै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ समेत नेपालगंज पुगी बाँकेमा क्वारेन्टाइन, आइसोलेसन कसरी व्यवस्थित गराउने भन्ने विषयमा छलफल गरेर फर्केका थिए । संक्रमितलाई नजिकैको अर्को विद्यालयमा सारिएको डा थापाले बताए ।
नरैनापुरमा आइतबार मात्र २५ वर्षीय युवकको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । त्यसपछि उनीसँगै रहेका थप ५९ जनामा कोरोना पुष्टि भएको थियो ।
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र