भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । त्यहाँ हालसम्म १ लाख बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा १ लाख १ हजार १३९ जनामा कोरोना पुष्टि भएको छ भने ३ हजार १६३ जनाको ज्यान गइसकेको छ । यसैगरी गत २४ घण्टामा मात्रै लगभग ५ हजार संक्रमित थपिएका छन्। यसैगरी १३४ जनाको मृत्यु भएको बताइएको छ ।
हालसम्म ३९ हजार १ सय ७४ जना उपचारपछि निको भएर घर फर्केका छन्। भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । महाराष्ट्रमा मात्रै ३५ हजार बढी संक्रमित फेला परेका छन्। कोरोना रोकथाम र नियन्त्रणका लागि भारत सरकारले झण्डै दुई महिनादेखि देशभर लकडाउन जारी राखेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै