Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

रोल्पा अस्पतालको आइसोलेसनमा मिर्गौला रोगी युवकको मृत्यु

रोल्पा अस्पतालको आइसोलेसनमा मिर्गौला रोगी युवकको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं :  रोल्पा अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइरहेका एक युवकको मृत्यु भएको छ । २२ वर्षीय मिर्गौला रोगी उनलाई ज्वरो आएपछि अस्पताल लगिएको बताइएको छ।

दुबै मिर्गौला फेल भएका उनले काठमाडौंमा उपचार गराउँदै आएका थिए । केही दिनअघि मात्र रोल्पा पुगेका उनलाई उच्च ज्वरो आएपछि रोल्पा अस्पताल लगिएको थियो । आइतबार अस्पतालका भर्ना भएका उनको सोमबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्यु भएपछि कोरोना संक्रमणको परीक्षण गर्नका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालले जनाएको छ ।

उनको रिपोर्ट भने आउन बाँकी छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार