बाँकेमा कोरोना संक्रमण भएका ४७ जना नै भारतबाट आएको खुलासा
सबै संक्रमित नरैनापुरको क्वारेन्टाइनका
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेको नरैनापुरमा आज एकैपटक ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नरैनापुरका ४६ जना पुरुष र १ जना महिलामा कोरोना पोजेटिभ देखिएको बताएका हुन्। उनीहरु सबै नरैनापुरका रहेका छन्।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले आज संक्रमण पुष्टि भएका सबै नरैनापुरको क्वारेन्टाइमा रहेका भएको बताएका छन्। उनले भने, ‘उहाँहरु सबै भारतबाट आएर नरैनापुरको क्वोन्टाइनमा बस्नुभएको थियो । आज उहाँहरु मध्ये ४७ जनामा संक्रमण देखिएको हो ।’
उनका अनुसार नरैनापुरमा तीनवटा क्वोन्टाइन रहेको र त्यहाँबाट २६३ जनाको स्वाब संकलन गरिएको मध्ये १९२ जनाको मात्र रिपोर्ट आएको छ । अन्य रिपोर्ट भने आउन बाँकी छ ।
यसअघि पनि नरैनापुरमै ८ जना संक्रमित पुष्टि भएको थियो । उनीहरुलाई दाङको बेलझुण्डीमा क्वारेन्टाइनमा राखिएको छ । यसैगरी आइतबार मात्रै नरैनापुरकै क्वारेन्टाइनमा रहेका एक युवकको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना