धनकुटाकी संक्रमित नर्सले हेरेकी बिरामी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, प्रसुती वार्ड सिल गरियो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डलाई आजदेखि सिल गरिएको छ ।
जिल्ला अस्पताल धनकुटाकी कोरोना संक्रमित नर्सको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा उनको सम्पर्कमा आएकी एक जना बिरामी अस्पतालमा भएको पत्ता लागेपछि अस्पतालको प्रसुती वार्ड सिल गरिएको हो। प्रसुती वार्डका प्रमुख डा मोहन रेग्मीले एक जना बिरामी संक्रमित नर्सले धनकुटाबाट रिफर गरी वीपीमा पठाएको पाइएपछि केही समयका लागि वार्ड सिल गरिएको बताए ।
उनका अनुसार महिलाले धनकुटा अस्पतालमा बच्चा जन्माएकी र इन्फेक्सन भएपछि संक्रमित नर्सले नै वीपी जान भनेको पाइएको छ । संक्रमित नर्सको सम्पर्कमा महिला आएकाले उनलाई यतिखेर छुट्टै आइसोलनेसनमा राखिएको छ । यसैगरी अस्पतालले महिलाको स्वाब संकलन कार्य भइरहेको र उनको रिपोर्ट नआउन्जेलका लागि प्रसुती वार्डमा बिरामी नलिने जनाए ।
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना