कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुमा देखिएन कोरोना
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारका सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
उनका नवजात शिशुसहित परिवारका ५ जनामा कोरोना संक्रमण परीक्षण गरिएको थियो । ती पाँचैजनामा कोरोना रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जनाएको छ । गत बिहिबार सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको कोरोनाको कारण मृत्यु भएपछि नवजात शिशुसहित उनको सम्पर्कमा आउने व्यक्तिहरुको कोरोना परीक्षण गरिएको थियो ।
उनी नेपालको कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हुन्। उनको मृत्यु पश्चात मात्र कोरोना भएको पुष्टि भएको थियो । उनको मृत्यु पश्चात नवजात शिशुमा कोरोना सरेको छ की भन्ने सबैको चिन्ता र चासोको विषय बनेको थियो ।
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना