फेरी थपिए ९ जना संक्रमित, संक्रमितको संख्या ३०४ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट इशनाथ नगरपालिकाका ७ जना पुरुष, रौतहटकै माधवनारायण नगरपालिका निवासी २८ वर्षीया महिला र बारा करैयामाई निवासी ३८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भएको पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ । मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र