धनकुटा र विराटनगरका ३ जनामा कोरोना संक्रमण देखियो
हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपालमा थप३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले विज्ञप्ति जारी गर्दै धनकुटामा १ र विराटनगरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार वी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटा निवासी ३४ वर्षीय महिला र मोरङ विराटनगर निवास ि२९ वर्षीय महिला र ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगको मन्त्रालयले जनाएको छ । हालसम्म उपचापछि निको भएर घर फर्किनको संख्या ३६ रहेको छ भने कोरोनाका कारण २ जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै