नेपालमा कोरोनाको कारण दोस्रो मृत्यु, बाँकेका २५ वर्षीय युवकले गुमाए ज्यान
हेल्थ टिभी अनलाइन\ काठमाडौं: बाँके नरैनापुरका एक जना व्यक्तिको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेका २५ वर्षीय युवकको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको जनाएको हो ।
योसँगै नेपालमा कोरोनाको कारण दुई जनाको ज्यान गएको छ। हिजो मात्रै सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको ज्यान गएको थियो ।
बैशाख ३० गते भारतबाट आएका उनलाई नरैनापुरको क्वारेन्टाइनमा राखिएको थियो । शनिबार राती एक्कासी बान्ता गरेका उनको बिहान हुन नपाउँदै मृत्यु भएको बताइएको छ । शनिबार नै उनको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षणका लागि लगिएको थियो । उनको रिपोर्ट कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र