भारतले नेपाललाई दियो ३० हजार पीसीआर किट
हेल्थ टिभी अनलाइन\ काठमाडौं: भारत सरकारले नेपाललाई (कोभिड १९) कोरोना परीक्षणका लागि आवश्यक पर्ने पीसीआर टेस्ट किट सहयोग गरेको छ।
आइतबार भारतका राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालय पुगी पीसीआर टेस्ट किटहरु हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार ३० हजार पीसीआर किट सहयोग स्वरुप हस्तान्तरण गरिएको हो। यसअघि पनि भारतले नेपाललाई औषधि लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको थियो।
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना