नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले विज्ञप्ति जारी गर्दै रौतहटका १० जनामा कोरोना पोजेटिभ देखिएको जनाएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगको मन्त्रालयले जनाएको छ । हालसम्म उपचापछि निको भएर घर फर्किनको संख्या ३६ रहेको छ भने कोरोनाका कारण १ जनाको ज्यान गएको छ ।
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना