Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा फेरी तीन जना संक्रमित थपिएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै धनुषाका दुई जनामा र सिन्धुपाल्चोकमा १ जनामा कोरोना पोजेटिभ देखिएको बताएको हो । सिन्धुपाल्चोककी महिलाको भने आज मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषा निवासी २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । यसैगरी हालसम्म ३६ जना संक्रमित उपचार पछि निको भएर घर फर्केका छन। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार