कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव आफन्तले छुन नपाउने
एक मिटर टाढाबाट मात्रै हेर्न पाउने
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले कोरोना भाइरसका कारण कसैको मृत्यु भएमा कसरी व्यवस्थापन गर्ने भनेर ‘कोभिड- १९ का कारण मृत्यु भएका व्यक्तिहरुको व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६’नामक कार्यविधि बनाएको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको शव व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । सोही बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै शव व्यवस्थापन सम्बन्धी कार्यविधि बनाएको छ । सो कार्यविधि अनुसार अन्य व्यक्ति सरह परिवारले अन्तिम संंस्कार गर्न पाउने छैनन्। यसका लागि सरकारले तय गरेका केही नियमहरु पालना गर्नुपर्ने हुन्छ ।
सरकारले तयार पारेको कार्यविधि अनुसार शव उठाउनु अघि शववाहन चालक एवं कर्मचारीले अनिवार्य सुरक्षाकवच पीपीई लगाउनुपर्ने हुन्छ । सो कार्यविधि अनुसार शवलाई सकेसम्म कम चालाउनुपर्ने र छिटो अन्ति संस्कार गर्नुपर्ने हुन्छ ।
यसैगरी आफन्तले एक मिटर टाढैबाट हेर्न सक्नेछन तर शव छुन भने पाउने छैनन्। दीर्घरोगी र ६० वर्ष काटेका बृद्धबृद्धालाई शबको नजिक जान दिन नहुने लगायतका शर्त उल्लेख छन्।
हेरौं कार्यविधि यस्तो छ:
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना