धुलिखेल अस्पतालमा कोरोना पोजेटिभ देखिएकी महिलाको मृत्युको कारण खोज्दैछौँ : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काभ्रेस्थित धुलिखेल अस्पतालमा कोरोना पोजेटिभ देखिएकी महिलाको मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयले थप परीक्षण र मृत्युको कारण पत्ता लगाउन एक टोली धुलिखेल अस्पताल पठाएको छ ।
यद्यपी स्वास्थ्य मन्त्रालयले अहिले नै महिलाको मृत्यु कोरोनाको कारणले भन्न नसकिने भन्दै सबै परीक्षण र जाँच गरेपछि सबैलाई जानकारी गराइने जनाएको छ।
श्वासप्रश्वासमा समस्या भएर आएकी सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीय महिलाको अस्पतालमा मृत्यु भएपछि उनको स्वाब परीक्षण गरिएको थियो । उनको धुलिखेलको ल्याबमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि सो भेरीफाइ गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पतालले जनाएको छ ।
महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भई २४ गते बच्चालाई जन्म दिएकी थिइन्। २५ गते अस्पतालबाट डिस्चार्ज भई घर गएकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि धुलिखेल अस्पताल लगिएको बताइएको छ । उनको उपचारकै क्रममा मृत्यु भएको हो । महिलाको मृत्यु पछि धुलिखेल अस्पताललाई सिल गरिएको छ ।
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र