कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो मृत्यु: स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ ।
काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत २९ वर्षकी महिलाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुरा पुष्टि गरेको छ ।
मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । महिलाले वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा बच्चालाई जन्म दिएकी थिइन्। उनका परिवार र अस्पतालका कर्मचारीलाई क्वारेन्टाइनमा राख्ने र स्वाब परीक्षण गर्ने कार्य अघि बढाइएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम