लकडाउनका बेला भाडा माग्दा घरधनी विरुद्ध पर्यो उजुरी
हेल्थ टिभी अनलाइन : भारतको राजधानी दिल्लीमा लकडाउनका बेला घरभाडा मागेको भन्दै घरधनी विरुद्ध उजुरी परेको छ ।
पश्चिम दिल्लीको मुखर्जी नगरका ९ जना घरधनी विरद्ध उजुरी परेको हो। लकडाउनका बेला काममा बाहिर जान नसकेको अवस्थामा पनि भाडा मागेर दुख दिएको भन्दै उनीहरु विरुद्ध प्रहरीमा उजुरी हालिएको बताइएको छ ।
भारतीय कानून आइपीसीको धारा १८८ बमोजिम प्रहरीले मुद्धा दर्ता गरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यो धारा बमोजिम यसरी अप्ठेरोको बेला पनि दबाब दिएर मानसिक तनाव दिएको कसुर मान्दै १ महिनासम्मको जेल सजाय हुने व्यवस्था रहेको छ ।
भारत सरकारले कोरोना भाइरसको महामारीका कारण लकडाउन लम्बिंदै जाँदा भाडामा बस्नेहरुसँग तत्काल भाडा नअसुल्न र भाडाका लागि दबाब नदिन आग्रह गर्दै आएको छ । भारतमा हालसम्म ८१ हजार ९७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार ६ सय ४९ जनाको ज्यान गइसकेको छ । भारत सरकारले झण्डै २ महिनादेखि देशभर लकडाउन गरेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित