२४ जिल्लामा कोरोना संक्रमण, हालसम्म २३ हजार ९१४ पीसीआर परीक्षण
हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले हालसम्म २३ हजार ९१४ जनाको पीसीआर परीक्षण गरेको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोनाको आशंकामा हालसम्म २३ हजार ९ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको बताए ।
यसैगरी उनले आरडीटी विधिमार्फत ६३ हजार ८५ जनाको परीक्षण गरिएको पनि जानकारी गराए । पछिल्लो २४ घण्टामा १ हजार २ सय ५० जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ ।
मन्त्रालयका अनुसार हालसम्म २४ जिल्लामा कोरोना संक्रमण देखिएकोछ । यसैगरी शुक्रबारसम्म कोरोनाको आंशकामा आइसोलेसनमा बस्नेको संख्या २६७ रहेको छ । उनीहरु मध्ये २७ जना उपत्यकामा र २४० जना उपत्यकाबाहिर रहेका छन्। यसैगरी कोरोनाको उच्च जोखिममा रहेका भन्दै क्वारेन्टाइनमा राख्नेको संख्या १५ हजार ६८३ रहेको छ ।
आज बिहान ९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ रहेको छ । यसैगरी कोरोनाको उपचारपछि निको भएर घर जानेको संख्या ३६ रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित