Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं र कपिलवस्तुमा गरी थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौं र कपिलवस्तुमा गरी थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४५ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपालमा एकाबिहानै दुई जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुई जना संक्रमित थपिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंको चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार