Health TV Online
Health TV Online
Health TV Online

संक्रमितको उपचारमा खटिएकी थप एक जना नर्समा कोरोना संक्रमण

संक्रमितको उपचारमा खटिएकी थप एक जना नर्समा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं: वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एक जना नर्समा पनि कोरोना संक्रमण भएको छ।

पछिल्लो समय अस्पतालमा कोरोना संक्रमितहरुको उपचारमा खटिएकी नर्समा कोरोना पोजेटिभ देखिएको हो । अस्पतालमा कार्यरत ३६ वर्षीय एक जना नर्समा कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले बताए। उनका अनुसार संक्रमित नर्समा कुनै लक्षण नै छैन्। उनको स्वास्थय अवस्था पनि सामान्य छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आजै २६ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । यसअघि हिजोमात्र तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोना पुष्टि भएको थियो । यो सँगै नेपालमा दुई जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार