Health TV Online
Health TV Online
Health TV Online

नेपालमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

नेपालमा थप २४ जनामा कोरोना संक्रमण,  संक्रमितको संख्या २४३ पुग्यो

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र रुपन्देहीमा गरिएको परीक्षणमा  थप २४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रुपन्देहीका १२, कपिलवस्तुका ८ जना,पर्सामा ३ जना र नवलपरासीका १ गरी थप २४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार