Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयमा पत्रकारलाई प्रवेशमा कडाइ गरेकोप्रति स्वास्थ्य पत्रकार मञ्चको आपत्ति

स्वास्थ्य मन्त्रालयमा पत्रकारलाई प्रवेशमा कडाइ गरेकोप्रति स्वास्थ्य पत्रकार मञ्चको आपत्ति

हेल्थ टिभी अनलाइन \काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारलाई प्रवेशमा कडाइ गरेकोप्रति स्वास्थ्य पत्रकार मञ्चले कडा आपत्ति जनाएको छ ।

मञ्चले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीका बेला पनि  फिल्डमा खटिएका पत्रकारलाई मन्त्रालयले सूचना लुकाउनका लागि प्रवेशमा रोक लगाउनु दुखद भएको भन्दै तत्काल यो कदम सच्याउन माग गरेको छ ।

बुधबार कोरोना अपडेटबारे सूचना लिन मन्त्रालय पुगेका पत्रकारलाई माथिको आदेश भन्दै सुरक्षाकर्मीले गेटमै रोकेका थिए । यसअघि लामोसमयदेखि स्वास्थ्यमै रिपोटिङ गरिरहेका पत्रकारलाई समेत परिचप पत्र देखाउँदा पनि कहाँ जाने हो फोन गरेर आउनुस् भनेपछि मात्र जान पाइन्छ भन्दै भित्र प्रवेश गर्न दिइएन । कोरोनाको जोखिमका कारण हो भने हामी एक एक जना दूरी मेन्टेन गर्दै जान्छौं भन्दा पनि सुरक्षाकर्मीले  भित्र जान नदिएपछि पत्रकारले हारगुहार गरेर हामी भित्र जानु छैन भन्दै बाहिरिएका थिए । यसविषयमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग कुरा गर्न खोज्दा उनले फोन उठाएनन्।

कोरोना महामारीका बेला आफनो ज्यान जोखिममा  राखेर खटिएका पत्रकारलाई सूचना सहज बनाउनुको सट्टा उल्टो मन्त्रालय प्रवेशमै कडाई गर्नु आफैमा निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ । मञ्चले मन्त्रालयको यो कदम तत्काल सच्याउन जोडदार माग गरेको छ । त्यसो त स्वास्थ्य मन्त्रालयले यसअघि पनि केही पत्रकारले सूचना लिई मन्त्रालय विरुद्ध समाचार लेखेको भन्दै उनीहरुमाथि निगरानी बढाएको कुरा चर्चा चलेको थियो ।

प्रेस विज्ञप्ति:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार