बाजुरामा १७ महिने बालकमा कालाजार देखियो
हेल्थ टिभी अनलाइन\डडेल्धुरा : देशभर कोरोना भाइरसको जोखिम बढिरहेका बेला बाजुरामा भने कालाजार देखापरेपछि गाउँमा थप चिन्ता थपिएको छ। जिल्लाको जगन्नाथ गाउँपालिका- ५ गोत्रीका एक बालकलाई कालाजार देखिएको हो।
पूर्वी–उत्तरी क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याइएका जगन्नाथ गाउँपालिका गोत्रीका १७ महिने बालक देवीन्द्र बुढालाई कालाजार भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डा राजुराज जैशीले बताए।
करिब एक महिनादेखि लगातार ज्वरो आएपछि आफन्तले उपचारका लागि मङ्गलबार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याएका थिए। बिरामी बालकको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा स्वास्थ्य परीक्षण गर्दा कालाजार भएको पुष्टि भएपछि थप उपचारका लागि धनगढी सिफारिस गरिएको जैशीको भनाइ छ।
बालकको अवस्था चिन्ताजनक भएकाले आइसीयूमा राखेर उपचार गर्नुपर्ने हुँदा बालकलाई धनगढी रिफर गरिएको हो।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम