भक्तपुरकी संक्रमित महिला नर्स नभई आरोग्य प्रतिष्ठानकी प्रशासनतर्फकी कर्मचारी रहेको खुलासा
हेल्थ टिभी अनलाइन\ काठमाडौं: भक्तपुरका दुई संक्रमितमध्ये महिला संक्रमित ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानकी प्रशासनतर्फको कर्मचारी रहेको खुलासा भएको छ ।
प्रतिष्ठानका सञ्चालक डा पुकारचन्द्र श्रेष्ठले संक्रमित महिला स्वास्थ्यकर्मी नभई प्रशासन तर्फको कर्मचारी भएको बताए । उनले भने, ‘उहाँ हाम्रो एडमिनिस्ट्रेटिभ स्टाफ हो । लकडाउनअघि बिदा लिएर घर सुनसरी जानुभएको थियो। अहिले लकडाउनकै समयमा पास लिएर आउनुभएको हो । तर काममा आइसक्नुभएको थिएन । कार्यालय आउनुअघि परीक्षण गर्दा उहाँमा कोरोना पोजेटिभ देखियो ।’ उनले संक्रमित महिलाले निदान अस्पतालको एम्बुलेन्समा गई परीक्षण गरेकाले अस्पतालमा समेत यसको प्रभाव पर्ने देखिएको बताए ।
उनका अनुसार संक्रमित महिलाले आफनो कोरोना परीक्षण गर्न जाँदा र अस्पताल भर्ना हुन जानका लागि निदान अस्पतालको एम्बुलेन्स प्रयोग गरेकी थिइन्। भक्तपुरमा हिजो दुई जनामा कोरोना पुष्टि भएको थियो । ती मध्ये एक सशस्त्रका प्रहरी रहेको खुल्न आएको छ । उनीहरु दुबै जना अहिले टेकु अस्पतालमा उपचारमा छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित