भक्तपुरका दुई कोरोना संक्रमितमध्ये एक जना सशस्त्र प्रहरी भएको पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं: भक्तपुरका दुई कोरोना संक्रमितमध्ये एक जना सशस्त्र प्रहरी भएको पुष्टि भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका -१ दुवाकोटमा बस्दै आएका २७ वर्षीय ती सशस्त्र प्रहरीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।
उनी सशस्त्र प्रहरी बलको निल बाराही गणमा कार्यरत रहेको एवं नेकपा नेता भिम रावलको सुरक्षार्थ खटिएका प्रहरी रहेको बताइएको छ । उनलाई कोरोना पुष्टि भएपछि मंगलबार राति नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पतालमा भर्ना गरिएको छ। मंगलबार मात्रै भक्तपुरमा दुई जनामा कोरोना पुष्टि भएको थियो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम