विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ९१ हजार नाघ्यो
४३ लाख भन्दा बढी संक्रमित
हेल्थ टिभी अनलाइन: विश्वभर हालसम्म ४३ लाख ४२ हजार ३५४ जना मानिस कोरोना भाइरसको संक्रमणको शिकार भएका छन्। यसैगरी २ लाख ९२ हजार ८९३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पाइएको छ।
वर्ल्डोमीटरका अनुसार गत २४ घण्टामा ८५ हजार २७२ जना नयाँ संक्रमित थएिका छन् भने ५ हजार ३१९ जनाले ज्यान गुमाएका छन्। त्यसो त १५ लाख बढी कोरोना संक्रमित निको भएर घर फर्केका छन्। विश्वभरमा कारोना संक्रमितको संख्या हेर्दा ७३ प्रतिशत मानिस १० वटा देशका छन।
अमेरिकामा १४ लाख ८ हजार ५७४ जना संक्रमित भइसकेका छन्। यसैगरी त्यहाँ मृत्यु हुनेको संख्या नै ८३ हजार ४२४ पुगेको छ । त्यसपछि यूकेमा बढी संक्रमण देखिएको छ । यूकेमा ३२ हजार ६९२ जनाको ज्यान गएको छ। भारतमा ७० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म २२ सय बढीको मृत्यु भएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित