कोरोना आशंकामा भारतबाट आएका दुईजना आइसोलेसनमा भर्ना
हेल्थ टिभी अनलाइन \डडेल्धुरा: कोरोना भाइरस (कोभिड-१९) को आशंकामा कञ्चनपुरमा दुई जना सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका छन्।
भीमदत्त नगरपालिकाका श्रीमान श्रीमतीमै कोरोनाको जस्तो लक्षण देखिएपछि अस्पताल भर्ना भएका हुन्।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार श्रीमान् दुई महिनाअघि भारतबाट आएका थिए।
उनीहरूमा ज्वरो आउनुका साथै रुघाखोकी लाग्ने र घाटी दुख्ने गरेपछि दुवै जना परीक्षण गर्न अस्पताल आएका र शंकास्पद लागेपछि आइसोलेनमा भर्ना गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। उनका अनुसार कोरोना परीक्षणका लागि दुवैको थ्रोट स्वाब संकलन गरी ल्याबमा पठाइएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम