चीनबाट आएका ४० हजार पीसीआर किटसहितको सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: चीनले सहयोग गरेका पीसीआर किटसहितका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तातरण गरिएको छ।
सोमबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले चीनले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिंदै आपतका बेला असल छिमेकी बनेको भन्दै आभार प्रकट गरे । राजदुत यान्छीले नेपाललाई आपत परेका बेला सधैं सहयोग गर्न तयार रहेको बताइन्।
चीन सरकारले ४० हजार पीसीआर किट, २० हजार एन ९५ मास्क, सर्जिकल मास्क ८ लाख, गगल्स १० हजार थान लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम