नेपालमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको छ । आजै मात्र थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कपिलवस्तुका १० जनामा एकैपटक कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरुको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार परीक्षण गर्दा कपिलवस्तु यशोधरा गाउँपालिका -५, बुद्धभुमी नगरपालिका -७ र १० निवासी १८ देखि ३४ वर्षका पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम