Health TV Online
Health TV Online
Health TV Online

फेरी ७ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

फेरी ७ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज फेरी एकैपटक ७ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा तीन जना, उदयपुरमा ३ जना र पर्साका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरको प्रयोगशालमा शुक्रबार परीक्षण गर्दा उदयपुरका १८, ४५ र ६५ वर्षका महिलामा त्यसैगरी कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुष र पर्सा छपकैयाका ६५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको बताए ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार