Health TV Online
Health TV Online
Health TV Online

भारतमा पछिल्लाे सात दिनमा २३ हजार नयाँ संक्रमित थपिए

भारतमा पछिल्लाे सात दिनमा २३ हजार नयाँ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन\ काठमाडाैं:  भारतमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । पछिल्लो सात दिनमा मात्रै २३ हजार कोरोनाका नयाँ संक्रमित फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ३० अप्रिलसम्म ३३ हजारको हाराहारीमा कोरोना देखिएकोमा मे को शुरुवातदेखि नै संक्रमित थपिने क्रम तीब्र रुपमा बढेको हाे ।  सात दिनमै ३३ हजारबाट बढेर संक्रमितकाे संख्या ५६ हजार ३४२ पुगेकाे छ ।

गत २४ घण्टामा मात्रै भारतमा १०३ जनाको मृत्यु भएको छ भने ३ हजार ३ सय ९० नयाँ संक्रमित थपिएका छन्।

योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ८ सय ८६ पुगेको छ।  यसैगरी १६ हजार भन्दा बढी संक्रमित निकाे भएर घर फर्केको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार