कपिलवस्तुमा दुई जना पुरुषमा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०१ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कपिलवस्तु -८ का १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । डा अधिकारीका अनुसार बिहिबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम